Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

रेखा साथमा हुँदा आयुवलाई मज्जै मज्जा !

फिल्मीखबर, काठमाडौं, 2017/03/07
चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को नयाँ गीति भिडियो रिलिज भएको छ । ‘तिमी साथ हुँदा’ बोलको भिडियोमा नायिका रेखा थापा र नायक आयुव केसी फिचरिङ छन् ।
 
 
 
अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र युवराज चौंलागाईंको स्वर छ । सुमधुर संगीत रहेको गीतका शब्द मन छुने छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । 
 
कृषा चौंलागाईंको निर्माण रहेको फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । सुसन प्रजापतीको सिनेम्याटोग्राफी रहेको फिल्ममा रेखा र आयुवसँगै कलाकार कामेश्वर चौरासिया मुख्य भूमिका छन् ।
Most Visited News (monthly)