क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र 'ब्ल्याक डायरी' यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका छन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् ।
'ब्ल्याक डायरी'मा रमेश सिंह ठकुरी र पुजा भट्ट नवकलाकारको रुपमा छन् भने भुवन केसी, शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाहीलाई पनि अभिनयमा देख्न सकिन्छ । निर्माता अनोज अधिकारी हुन् ।
शेर बहादुर लामाको छायांकन रहेको चलचित्रमा राजु शाहको नृत्य निर्देशन एवं शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

