मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज छेकोमा 'दर्पण छायाँ २' हाइप कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/03/06

दशक पहिले बनेको फिल्म 'दर्पण छायाँ २' को नाम सापटी लिँदै अनि सिक्वेलको रुपमा नबुझ्न आग्रह गर्दै भेट्रान निर्देशक तुलसी घिमिरेले केहि महिना पहिले 'दर्पण छायाँ २' निर्माण घोषणा गरे । फिल्म बन्यो, सम्पुर्ण काम सकियो अब रिलिजको लागी तयार पनि छ ।

यहि शुक्रबार रिलिज हुने फिल्मको प्रतिस्पर्धी छैनन्, सोलो रिलिजको फाईदा फिल्मलाई पक्का हुनेछ । यसअघि सार्वजनिक गीत र ट्रेलरबाट नै फिल्मप्रति दर्शकको चासो र र उत्सुकता पैदा भएकोमा दुई मत छैन् । त्यसै त आशा अनि सम्भावनावान निर्देशक घिमिरेको फिल्मको सफलता आँकलन गर्ने ठाउँ धेरै छन् ।

सांगितिक रुपमा सशक्त मानिएको फिल्म न्यू कमरले भरिभराउ छ । नेपाली फिल्मको लागी आशाको रुपमा हेरिएका चर्चामा रहेका मोडल पुष्प खड्का फिल्मका लिड अभिनेता हुन् भने उनिसँगै श्रद्धा प्रसाईं र साहारा कार्की लिड अभिनयमा छन् ।

नयाँ पुस्ताको चाहना र मनोभावना बुझ्दै सोहि प्रकारको कथा र प्रस्तुतीमा फिल्म बनेको भन्दै सबैको मन जित्नेमा निर्देशक घिमिरेले आशा व्यक्त गर्दै आएका छन् ।