एक समय अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडीको बारेमा राम्रै चर्चा भयो । केहि फिल्ममा यो जोडी जम्यो पनि । धेरैले आशाको रुपमा लिईरहे ।
तर समय परिवर्तनशिल छ । समयअन्तरमा यो जोडी एकसाथ आउँदा फिल्म सफल भएन् । त्यसको पछिल्लो उदाहरण हो फिल्म 'लेकसाईड' । जीवनको छस्किँदो क्रेजका कारण पनि दर्शक आकर्षित कम हुँदा अन्तत: पछिल्लो फिल्ममा नीता अनलक्की सावित भईन् ।
अब भने उनै नीता एक्शन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीसँग एकसाथ पर्दामा आउँदैछिन् । एक फिल्मको लागी छायांकनको क्रममा उनी दुबई रहँदा फिल्म रिलिजको दिन नजिकिँदो छ । चैत्र ११ मा आउने फिल्मको सार्वजनिक प्रचार सामग्रीहरुले निखिलका फ्यान तथा 'एक्शन मुभी लभर'हरुको लागी प्रतिक्षित बनाउँदै छ ।
हिरो प्रधान मानिँदै आएको नेपाली फिल्म उद्योगमा प्राय: स्टारडम हिरोसँग नै जोडिन्छ । त्यसैले नीता र निखिलको जोडी 'निर्भय'मा कति जम्छ त्यो प्रतिक्षाको विषय बनेको छ । फिल्मले व्यापारिक सफलता पाउँदा अथवा समिक्षकले तारिफ गर्दा त्यसको प्रभाव नीतामा पक्कै पर्नेछ ।
मधुसुदन भट्टराईले 'निर्भय' लाई निर्देशन गरेका हुन् भने देविप्रसाद पाण्डेले फिल्ममा लगानी गरेका छन् ।

