मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

'रुट नं. २३' सौगातसँग नम्रताले रोमान्स गर्ने

फिल्मीखबर, काठमाडौं, 2017/03/05
महिनौं पहिले निर्माण घोषणा गरेको फिल्म 'रुट नं २३' ले कास्टिङ लाईनअप फाईनल गरेको छ । निर्माण टिमले जानकारी गराए अनुसार फिल्मको लिड अभिनेतामा सौगात मल्ल रहनेछन् भने अभिनेत्रीमा नम्रता श्रेष्ठ छिन् । यद्धपी नम्रतासँग लिखित सम्झौता हुन बाँकी रहेको बुझिएको छ ।
 
 
 
फिल्म 'छड्के' पछि नम्रता र सौगात एकसाथ पर्दामा आएका छैनन् । समिर बलामीले निर्देशन गर्ने भनिएको फिल्म बैशाखबाट फ्लोरमा जाने बताईएको छ । यसअघि फागुनबाट फ्लोरमा जाने बताईएको थियो । फिल्ममा सौगात र नम्रतासँगै बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लिड अभिनयमा रहनेछन् । 
 
 
 
फिल्मका निर्माता अष्ट्रेलियन एनआरएन विकास श्रेष्ठ र युकेका दिपेन्द्र शाक्य हुन् भने कार्यकारी निर्मातामा राजेन्द्र प्रसाद त्रिपाठी छन् । उनी प्रध्यापक समेत हुन् ।
 
 काठमाडौं, पोखरा र हिमाली भेगमा फिल्मांकन हुने बताईएको छ । निर्माण टिमले चैत्रको दोश्रो साताबाट वर्कशप सुरु गर्ने बताएको छ । डेढ करोड लगानी रहने भनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । 'रुट नं २३'मा अर्जुन कुमार पोखरेलको संगीत रहनेछ भने चन्द्र पन्त द्धन्द रहने बताईएको छ ।