दिपेन्द्र के खनाल निर्देशित फिल्म 'धनपति'को छायाँकन सकिएको छ । पुर्णत: दृश्य तराईमा खिचिएको फिल्मको छायाँकन शनिबार सकिएको निर्देशक खनालले उल्लेख गरेका छन् ।
बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद'को टिमको तर्फबाट बनेको फिल्मलाई निर्माण घोषणा हुँदाको समयदेखि नै आशाको नजरमा हेरिएको छ । माघ अन्तिमबाट फिल्म फ्लोरमा गएको थियो ।
असार २३ लाई प्रदर्शन मिति तय गरिसकेको फिल्ममा रोजिना सिटौला कार्यकारी निर्मात्री छिन् । खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा छन् ।
सपना र अहंकारले एउटा मान्छेलाइ कता कता ठोक्याउँछ भन्ने मुख्य 'थीम'मा आधारित रहेर बन्न लागेको फिल्मको सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।

