Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बन्धन' रिलिज तोक्दै गुलाबी' निर्माण घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/03/05

सविन श्रेष्ठ र पुर्णिमा लामा स्टारर फिल्म 'बन्धन' रिलिजको लागी तयार भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गर्यो ।

 


चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, प्राविधिक संघ अध्यक्ष पुस्कर लामासँगै लिड कलाकारसहितले पोस्टरको घुम्टो खोले । पारिवारिक प्रेमकथा बोल्ने फिल्मलाई समिर मियाँले निर्देशन गरेका हुन् । शिशिरजय खरेल निर्माता हुन् ।

 


यस्तै बैशाख २५ लाई फिल्मको प्रदर्शन मिति समेत तय भएको छ । फर्स्टलुक सार्वजनिक गर्दै पोस्टरमा 'बन्धन' रिलिज मिति पनि बाहिर ल्याईयो । नेपाली फिल्म उद्योगको कान्छा निर्माता दाबी गर्ने शिशिरले चैत्रको पहिलो हप्ताबाट ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तिब्रता दिने बताए ।

 


 यसैबीच कलाकार समेत रहेका डिबी बम्जन प्रस्तुतकर्ता तथा शिशिर नै मिर्माता रहनेगरी एकै स्टेजबाट नयाँ फिल्म 'गुलाबी' निर्माण घोषणा गरिएको छ । फिल्मका सबै कलाकार फाईनल छैनन् तर निर्देशनमा देबकुमार श्रेष्ठ अनुबन्ध बएका छन् ।

समिर मियाँले निर्देशन गरेको यो चलचित्रकै ब्यानरले बम्जन फिलिम्स सँगको सहकार्यमा गुलाबीको निर्माण गर्न लागेको हो । चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

Most Visited News (monthly)