मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

निखिल नीताको 'निर्भय': दुनियाँको भर के रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/04
चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'निर्भय'को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक गीतमा लिड अभिनेता निखिल उप्रेती र नीता ढुङ्गाना फिचरिङमाा छन् । 
 
 
 
'दुनियाँको भर के' बोलको गीतमा स्वर शिव परियार र स्वेच्छा ठकुरीको छ । शब्द संगीत भने अर्जुन पोखरेलले भरेका छन् । रामजी लामिछानेले नृत्य निर्देशन गरेको गीतमा समावेश शब्दहरु झट्ट मनमा बस्ने खालमा छन् । 
 
मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । 'निर्भय'मा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत लिड अभिनयमा छन् । रामशरण उप्रेतीले फिल्म खिचेका हुन् ।