मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अर्जुनकुमारको 'फाटेको जुत्ता'मा प्रियंका र सौगात !

फिल्मीखबर, काठमाडौं, 2017/03/03

करिब चार बर्ष पहिले निर्माता अर्जुनकुमारले 'फाटेको जुत्ता' शिर्षकमा फिल्म निर्माणको घोषणा गरे । पब्लिकबाट स्कृप्ट माग गरे अनि उत्कृष्ट मध्येको एकमा फिल्म बनाउने र १ लाख पुरस्कार दिने बोले ।

 


तर फिल्मलाई सुहाउँदो स्कृप्ट नआएपछि प्रोजेक्ट नै रोकियो । अब भने सोहि नाममा फिल्म बनाउन अर्जुनकुमार जुटेका छन् । निरज महर्जनको कथामा फिल्म बन्ने पक्का भएको छ । बैसाख १५ बाट फ्लोरमा जाने तयारीका साथ प्रि प्रोडक्सनको काम सुरु भएको उनले जानकारी दिए ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको लागी लिड अभिनेतामा सौगात मल्ल र प्रियंका कार्की फाईनल भएका छन् भने पुर्ण कमेडी जनरामा बन्ने फिल्ममा कामेश्वर चौरासिया, बुद्धी तामाङ, रविन्द्र झा, आमिर गौतम, सन्दिप क्षेत्री, रमेश रंजन झा समेत अभिनयमा रहने बताईएको छ ।

सम्पुर्ण छायाँकन बिरगंजमा हुने भनिएको फिल्मको अनुमानित बजेट डेढ करोड दाबी निर्माण पक्षले गरेको छ । अर्को बर्षको भदौमा नै फिल्मको संभावित रिलिज तोकिएको छ ।    

'फाटेको जुत्ता' मेरो ड्रिम प्रोजेक्ट हो, चार बर्ष पहिलेको सपना अब बल्ल पुरा हुन लागेकोमा खुसी छु, हालसम्म मेरो निर्माणमा बनेका फिल्मको भन्दसा फरक स्वाद यो फिल्मले दिनेछ, उत्साहित मुद्रामा अर्जुनकुमारले भने ।