मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशनमा फर्किए सोभित, 'बाबु कान्छा' बन्न सलोन तयार

फिल्मीखबर, काठमाडौं, 2017/03/02

एक समयका चल्तिका निर्देशक सोभित बस्नेत केहि बर्ष निर्देशनबाट टाढा देखिए । बर्षौ पहले निर्देशन गरेको 'जाउँ हिँड पोखरा' गत बर्ष रिलिज भयो । तर सोभित यो बीचमा निर्देशनमा भन्दा पनि बढि केन्द्रित अभिनयमा देखिए । तर अब उनै सोभिति निर्देशनमा फर्केका छन् ।

बस्नेतको निर्देशनमा बन्ने 'बाबु कान्छा'को बिहिबार राजधानीमा गीत रेकर्डिङ गरियो । प्रि प्रोडक्सनको काम सुरु भएसकेको भनिएको फिल्मको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् भने स्वर कमल खत्रीले दिएका छन् ।

फिल्ममा सलोन बस्नेत लिड अभिनयमा रहने पक्का भनिएको छ भने अन्य कलाकारको टुंगो छिट्टै लाग्ने बताईएको छ । संभवत: चैत्र महिनाभित्र फिल्म फ्लोरमा जानेछ ।