केहि दिन अगाडि ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘मेरी कुसुम’को प्रदर्शन मिति तय गरिएको छ । बर्ष २०७४ को जेठ २५ गते यो चलचित्र रिलिज हुने भएको छ । ट्रेलर सार्वजनिकको समयमा चलचित्रको प्रदर्शन मिति तय भएको थिएन ।
एन.आर घिमिरेले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको गीत, एक्सनको चर्चा भैरहेको छ । सुनिता शर्मा बोगटी निर्मात्री रहेको चलचित्रमा रुद्र खनाल र रविन्द कु“वर सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ ।
चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रले प्रेम र युद्धको कथालाई उठान गरेको छ ।
कलाकार बोगटीले यूएइबाट भने–‘हामीले एउटा उत्कृष्ट प्रेमकथामा चलचित्र बनाएका छौ । जेठ २५ गतेबाट दर्शकले चलचित्र हेर्न पाउनुहुनेछ ।’ उनले नेपाल रिलिज अगाडि चलचित्रलाई यूएई, मलेसिया, कतार, बहराइन लगायतका देशमा प्रदर्शन गर्ने समेत बताए ।

