मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'दर्पण छायाँ २'लाई 'लुट' प्रभाव कति ?

फिल्मीखबर, काठमाडौं, 2017/03/01

गत शुक्रबार बर्ष २०७३ को सर्वाधिक प्रतिक्षित मानिएको फिल्म 'लुट २' रिलिज भयो । फिल्मले बम्पर ओपनिङ गर्यो पहिलो दुई दिनमा नै ३ करोड आसपासको विजनेस गर्यो । जसको प्रभाव पर्ने देखेरै अब आउँदो शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज छैनन् ।

तर 'लुट २' रिलिजको दुई हप्तापछि अर्थात यहि फागुन २७ मा भने आशा गरिएको अर्को फिल्म 'दर्पण छायाँ २' रिलिज हुँदैछ । सामाजिक सञ्जालदेखि हलसम्म चर्चा परिचर्चामा रहेको पाँच बर्ष पहिले रिलिज लुट सक्वेलको प्रभाव यो फिल्मलाई कति छ त ?

जुन प्रकारको ओपनिङ भयो र आशा गरियो त्यो प्रकारको फिल्म नपाएको गुनासो दर्शकले गरेका छन् । दयाहाङ राई, सौगात मल्ल अनि निर्देशक निश्चल बस्नेतका 'डाई हार्ट' मानिने फ्यान बाहेकको प्रतिक्रिया मिश्रित छ । त्यसैले पनि 'मिश्रित वर्ड अफ माउफ' पाएको फिल्मले दुई हप्तासम्म सोहि प्रकारको साथ पाउनेमा शंका छ ।

सोमबार परेको बिदापछि फिल्मको व्यापार तुलनात्मक रुपमा खस्किएको छ । यो क्रमले निरन्तरता पायो भने फिल्मको विजनेस दिन प्रतिदिन ओरालो लाग्नसक्छ । शुक्रबार र शनिबार बाहेकका दिनमा फिल्मले गरेको विजनेस हेर्दा फागुन २७ मा रिलिज हुने 'दर्पण छायाँ' सिक्वेललाई प्रभाव नपर्ने देखिएको छ ।

तुलसी घिमिरे निर्देशित फिल्म मल्टिप्लेक्स तथा सिंगल थियटर दुबैमा लक्षित हुँदा फिल्म राम्रो बन्दैगर्दा दर्शकले राम्रो साथ दिन सक्छन् । यो फिल्ममा पुष्प खड्का, श्रद्धा प्रसाईं र साहारा लिड अभिनयमा छन् ।