मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ग्याङ्गस्टर ब्लूज' रिलिज सर्यो, 'कृ भन्दा एकहप्ता अघि आउने

फिल्मीखबर, काठमाडौं, 2017/03/01

हेमराज बिसिको निर्देशनमा फ्लोरमा रहेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को रिलिज हेरफेर भएको छ । यसअघि अर्को बर्ष २०७४ को भदौ २३ मा रिलिज हुने भनिएको फिल्म अब भदौको २ गते नै रिलिज हुने भएको हो ।

फिल्म छायांकनको क्रममा नेपालगंजमा रहेका निर्माता सरोज न्यौपानेले फिल्मको रिलिज अघि सरेको पुष्टि गरे । उनले अनमोल केसी स्टारर फिल्म 'कृ'को रिलिज फेरबदल नै आफ्नो फिल्मको रिलिज सर्नुको मुख्य कारण बताए ।

दुबै फिल्म युवापुस्ता लक्षित हो, यसअघि दशैंमा 'कृ' आउने भन्दैगर्दा हामीले भदौ २३ तोक्यौं, अब 'कृ' भदौ ९ मा आउने भएपछि त्यसको एकहप्ता पहिले नै 'ग्याङ्गस्टर ब्लूज' ल्याउने निर्णयमा पुगेका हौं', न्यौपानेले भने ।

फिल्म राम्रो बन्दैगर्दा हलमा होल्ड ओभर कायम हुनसक्छ, दर्शकको मनोभावना जित्न नसक्दा दोश्रो हप्ताबाट 'कृ'ले शो मा ओभरल्याप गर्नसक्छ ।

दुबै फिल्म मुख्यत: मल्टिप्लेक्स लक्षित हुँदा डिसिएन वितरक रहेको 'ग्याङ्गस्टर ब्लूज'ले मल्टिप्लेक्सका शो केहि होल्ड गर्ने दाबी निर्माण टिमको छ । यसमा पनि हेमराज आफैमा संभावना बोकेका निर्देशक हुन् । निर्माण घोषणा देखि एक प्रकारको हाईप बनाईसकेको फिल्मलाई यसैपनि आशाको नजरमा हेरिएको छ ।

त्यसो त यसअघि 'ग्याङ्गस्टर ब्लूज'मा पनि अनमोल खेल्ने चर्चाका बीच अन्तिममा उनको ठाउँमा अहिले उदयिमान प्रतिभा भनिएका आशिरमान देशराज लिड अभिनयमा आएका छन् ।

 

यो सँगै अहिलेसम्मकै धेरै 'एमजी'मा उपत्यका बाहिरको लागी फिल्म बिक्री गरेको दाबी गर्दै फिल्मले रिलिज पहिले नै लगानी सुरक्षित गरिसकेको समेत दाबी गरेको छ ।


फिल्ममा आशिरमानसँगै आना शर्मा, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लिड अभिनयमा छन् । पछिल्लो समयका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत दिएको फिल्मको अहिलेसम्म करिब ४० प्रतिशत छायांकन सकिएको बताईएको छ ।