Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.50/5.00)
Text size:-
+
-

ओस्कार अवार्ड वितरण हुँदा अहिलेसम्मकै ठुलो गल्ती !

एजेन्सी, न्युयोर्क, 2017/02/27
बर्ष २०१७ को एकेडेमी अवार्ड (ओस्कार) सोमबार बिहान वितरण भयो । फिल्म 'मुनलाइट'ले बर्ष २०१६ मा प्रदर्शित सबै फिल्मलाई पछि पार्दै उत्कृष्ठ ठहरियो । तर यो फिल्म उत्कृष्ट बन्दा ओस्कार अवार्ड अहिलेसम्मकै विवादित पनि रहस्यमय बन्यो । 
 
 
 
कुरा हो, 'ला ला ल्याण्ड' पहिला उत्कृष्ट बोलिनु अनि त्यसपछि 'मुनलाइट'लाई अवार्ड प्रदान गरिनु् । स्टेजमा अवार्ड वितरण गर्न अतिथी बनेका वारेन बिट्टी र फाय डुनावेले सुरुमा ‘ला ला ल्यान्ड’ को नाम उत्कृष्ट फिल्ममा घोषणा गरे । त्यसपछि सो फिल्मको टिम अवार्ड लिन स्टेजपनि चढ्यो तर गल्ती बोल्दै अवार्ड दिईएन् । अनि पुनः 'मुनलाइट'लाई उत्कृष्ट फिल्म भनियो । 
 
जुन कुराले अवार्ड सामरोहमा उपस्थित मात्र होईन संसारभरबाट लाईभ हेरिरहेका फिल्म पारखीहरु आश्चर्यमा परे । अनि जितको सर्वाधिक संभावना बोकेको फिल्मको नाम उत्कृष्टमा लिएर पछि अर्कैलाई दिनुले अवार्डप्रति नै शंका गर्ने ठाउँ दिएको तर्क सुरु भयो । 
 
फिल्मी शैलीको दृश्यले धेरैलाई आश्चर्यमा परेपछि यो गल्तिलाई आयोजकले स्विकार गरेकोछ अनि ठट्टा नगरेको पनि स्पष्ट पारेको छ । 
Most Visited News (monthly)