मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सविनको प्रेम नशामा लठ्ठै नम्रता !

फिल्मीखबर, काठमाडौं, 2017/02/26

भनिन्छ माया प्रेम भन्ने कुराबाट कोहि पनि अछुतो रहँदैन् । हरेक मान्छे जन्मिँदादेखि मृत्यूपर्यन्त कहिँ न कतै माया प्रेममा जोडिन्छ । अझ युवापुस्तामा त प्रेमको नशा यस्तो हुन्छ, जसमा डुबेपछि बाहिर निस्किन सायदैलाई सहज होला ।

 


हो यहि प्रकारको प्रेमिल नशामा चुर्लुम्म डुबेका छन् अभिनेता सविन श्रेष्ठ र अभिनेत्री नम्रता योगी । प्रसंग हो छायांकनको क्रममा रहेको फिल्म 'नशा'को । नामले नै प्रष्टिएको फिल्मले प्रेमभाव बोल्दै गर्दा लिड अभिनयमा रहेका सविन र नम्रताले अनस्कृन रोमान्स राम्रै गरेका छन् भन्दा फरक नपर्ला ।

समिर मियानको निर्देशन रहेको फिल्म दृश्यांकनको अन्तिम चरणमा छ । फिल्मको केहि दिन पहिले मात्र प्रेमभाव बोकेको एक गीतको छायांकन कालिञ्चोकमा गरियो । कालिञ्चोकको चिसोमा रामजी लामिछानेले नृत्य निर्देशन गर्दा सविनले आफ्नो अंगालोमा नम्रतालाई बाँधे ।

फिल्ममा लगानी चन्द्रु चौधरीको छ । फिल्म अर्को बर्षको मध्यतिर रिलिजको अनुमान लगाईएको छ ।