मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

यस्तो छ 'लुट २'को दुई दिने विजनेस

फिल्मीखबर, काठमाडौं, 2017/02/26
शुक्रबार बम्पर ओपनिङ गरेको फिल्म 'लुट २' ले शनिबार पनि उत्तिकै साथ दर्शकबाट पायो । रिलिजको दिनमा परेको शिवरात्रीको विदाका कारण अनि फिल्मको बारेमा ट्रेलरले नै दर्शकमा उत्पन्न गराएको चासो र कौतुहलताले पनि फिल्मले आक्रामक ओपनिङ गर्यो । 
 
फिल्मले पहिलो दिन मात्रै १ करोड ५० लाखको विजनेस गरेको दाबी सम्बन्धित वितरण कम्पनि तथा निर्माण टिमले गरेको छ भने शनिबारको विजनेस १ करोड ६० लाख आसपास बताइएको छ । दुई दिनको कलेक्शनमा वितरण कम्पनिको दाबीलाई आधार मान्ने हो भने फिल्मले ३ करोड बढिको ग्रस ओपनिङ गर्यो । 
 
आइतबार पनि राजधानीका मल्टिप्लेक्समा फिल्मको व्यापार सुखद छ । विहानी तथा दिवा सत्रमा ७५ प्रतिशत माथीको अकुपेन्सी देखिएको छ भने सोमबार परेको सोनम ल्होसारको विदाले फिल्मको विजनेसलाई थप फाईदा पुर्याउनेछ ।
 
निश्चल वस्नेत निर्देशित फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । दयाहाङ राइ, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, कर्मा शाक्य लगायत लिड अभिनयमा रहेको फिल्मले पहिलो दिन गरेको विजनेस कलेक्सन आफैमा अहिलेसम्मको बढि हो ।