मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सुरु भयो अनुपबिक्रमको 'निसाफ'

फिल्मीखबर, काठमाण्डौ, 2017/02/24

अनुप बिक्रम शाही लिड अभिनयमा रहने फिल्म ‘निसाफ’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै फिल्मको औपचारिक छायाँकन सुरु भयो ।

 


फिल्मको मुहर्तमा लिड अभिनेता शाहीसँगै फिल्म क्रियू मेम्बरले क्यामेरा पूजा गरे । अपराधिक कथामा बन्न लागेको फिल्ममा अनुपसँगै सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ ।

सुपरियल फिल्मस्को ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता यस जंग राना हुन् भने  फिल्मका प्रस्तुतकर्ता विवेक सापकोटा छन् । फिल्ममा लेखन तथा निर्देशन विवेक सापकोटाको रहनेछ ।

दिव्य सुवेदीको छायांकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कविराज र बब्बुको नृत्य 'निसाफ'मा रहनेछ । ३५ दिन भित्र खिचिसक्ने अनुमान सहित निर्माण टिम प्लोरमा गएको हो ।