मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

'लुट २' आक्रामक ओपनिङ, सबैतिर हाउसफूल

फिल्मीखबर, काठमाडौं, 2017/02/24

आज (शुक्रबार)देखि प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित फिल्म 'लुट २' ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

जानकारीमा आएअनुसार फिल्म काठमाडौंका सबैजसो मल्टिप्लेक्स अनि सिंगल स्कृनमा हाउसफूल छ भने राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

बर्ष २०७३ कै सर्वाधिक प्रतिच्छित फिल्म बनेको माधव वाग्ले निर्मित 'लुट २' को ओपनिङ डे कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ । फिल्मले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।