मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिन्न प्रेमकथाको 'लभ लभ लभ' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/23

'मन पराएका लाई स्वीकार्न सजिलो छ , हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ।' नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'लभ लभ लभ'मा समावेश एक संवाद हो यो ।

 


निर्माण मिति दिन प्रतिदिन नजिकिँदै गर्दा 'लभ लभ लभ' निर्माण ब्यानर सुरज सिने आर्ट्सले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार युट्युवमा सार्वजनिक ट्रेलरले केही फरक र सरल किसिमको माया प्रेमको कथा बोल्छ । दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् ।

फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । २ मिनेट लामो ट्रेलरमा पनि सुरज र स्वस्तिमालाईई फिचरिङ गरिएको छ । अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा शर्मिला पाण्डे फिल्मकी निर्मात्री छिन् ।

 


फिल्ममा समावेश एक गीत यसअघि सार्वजनिक गरिसकिएको छ । भने प्रचारलाई तिब्रता दिन निर्माण टिमले भिन्न प्रकारका उपहार योजना समेत सार्वजनिक गर्दै पुरस्कृत गर्दै आएको छ । निरज पाण्डेले खिचेको फिल्ममा सुरेश राईको संगीत छ । रमेश बुढाथोकी रुपा राना, सिपी पौड्याललाई पनि लिड अभिनयमा देख्न सकिन्छ ।

हेर्नुहोस ट्रेलर: