मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माफीपछि मिल्यो दुई वितरक बीचको कुटपिट विवाद

फिल्मीखबर, काठमाडौं, 2017/02/23

केहि हप्ता पहिले फिल्म वितरक गोविन्द शाहीले अर्का वितरक गोपालकाजी कायस्थमाती हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्तत: सहमतीमा मिलेको छ ।

 


बिहिबार चलचित्र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघमा बसेको बैठकले पछिल्लो रिलिज फिल्म 'किङ'को काठमाडौं उपत्यकाको सेयर लिनेदिने बिषयमा दुई वितरकबीच विवाद हुँदा शाहीले आफुमाथी हातपात गरेको सम्मको उजुरी कायस्थले दर्ता गराएका थिए । यो विषयमा चलचित्र संघले मागेको स्पस्टिकरण पत्रमा वितरक शाहीले भोलीका दिनमा यो प्रकारको गल्ती नदोहोर्याउने, कसैलाई नधम्क्याउने र घटना दोहोरिएको खण्डका संघले गर्ने जुनसुकै कारबाही खेप्न तयार हुनेसम्मको स्पस्टिकरण दिएपछि अन्तत: विवाद मिलेको हो ।

यो संगै गत माघ २६ मा घटेको उक्त घटना पश्चात बसेको संघको बैठकले शाहीको तर्फबाट वितरण तथा प्रदर्शन हुने कुनै पनि फिल्म तत्काललाई प्रदर्शनमा रोक लगाउने भन्ने निर्णय पनि फिर्ता भएको जारी विज्ञप्तीमा उल्लेख छ ।