Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र पूजाको 'म यस्तो गीत गाउँछु' फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2017/02/23

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म 'म यस्तो गीत गाउँछु'को छायाँकन प्रारम्भ भएको छ । बिहिबार राजधानीको स्वयम्भु नजिकैबाट फिल्मको दृश्यांकन सुरु गरियो ।

 


क्यामेरा पुगा गर्दै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले फिल्मको लागी पहिलो दृश्य दिएका छन् । पल र पूजा फिल्मका लिड कलाकार हुन् । फिल्मका कलाकारसँगै प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर छायांकन सुरु गरिएको थियो ।

 


४० दिनको अवधि लिएर फ्लोरमा गएको फिल्मको छायाँकन ४ दिनसम्म मुहर्त भएकै ठाउँमा चल्नेछ । सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरी पनि फिल्ममा लिड अभिनयमा हुनेछन् ।

फिल्मलाई काठमाण्डौसँगै पोखरा र मुस्ताङमा खिचिने निर्देशक थापाले बताए । सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुदर्शन थापाको लगानी छ भने अभिनेत्री पूजा शर्मा यो सहनिर्मात्रीमा छिन् ।

अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई संजय लामाले खिच्दैछन् ।

Most Visited News (monthly)