मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

आमा बन्दै डिभोर्सी मनिषा कोईराला

एजेन्सी, मुम्बई, 2017/02/23

नेपाली तथा वलिउड अभिनेत्री मनिषा कोईराला अब आमा बन्ने भएकी छिन् । क्यान्सर जस्तो रोगलाई जितेर पुनर्जीवन पाएकी मनिषाले निको भएको पाँच बर्षपछि अब बच्चाको आमा बन्ने निर्णयमा पुगेकी हुन् ।

सम्राट दाहालसँगको वैवाहिक सम्बन्ध विच्छेद गरेकी मनिषा कसरी आमा बन्दैछिन् त ? मनिषाले कुनै बच्चालाई जन्म दिएर आमा बन्न लागेकी भने होईनन् । जानकारीमा आएअनुसार मनिषाले एक वालिकालाई 'एडप्ट' गरेर पालन पोषण गर्ने र उनैको आमा बन्ने निर्णय लिएकी छिन् ।

रोजबाट पुर्णत: निको भईसकेकोले अब एक धर्मपुत्री पाल्ने निर्णयमा पिगेको बताउँदै मनिषाले उक्त निर्णयबाट आफु उत्साहित भएको समेत बोलेकी छिन् ।

 

धर्मपुत्री पालेर आमा बन्दै गरेकी मनिषाले उक्त कामलाई आप्नो जीवनको नै नयाँ पाटो भनेकी छिन् ।