मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मेरो पैसा खोइ' छाडेर भागे वलिउड निर्देशक, कारण छ यस्तो

फिल्मीखबर, काठमाडौं, 2017/02/23

केहि महिनादेखि नेपाली सिने वृतमा चर्चा चल्यो, नेपाली फिल्मलाई भारतिय निर्देशकले निर्देशन गर्ने, त्यो पनि वलिउडको सफल फिल्म 'भुतनाथ'मा सुपरस्टार अमिताभ बच्चनलाई एक्सन कट गरेका विवेक शर्माले ।

 

(तश्विरमा विवेक शर्मा (दायाँ) सँगै निर्माता रोज राणा)


फिल्म निर्माण घोषणादेखि फ्लोरमा जाँदा सम्म मिडियामा चर्चा पाएको अनि धेरैले चासोको रुपमा लिईएको रोज राणाको निर्माण रहने 'मेरो पैसा खोइ'मा विवेक जोडिँदा धेरैले उक्त फिल्मलाई संभावनाको नजरले पनि हेरे । अब भने उक्त प्रोजेक्ट छायाँकन सरु भएको केहि दिनमै छाडेर विवेक देश फर्केका छन् ।

निर्मातासँग मनमुटाव राख्दै विवेक भारत फर्के अनि फेसबुकमा एक्कासी स्टाटस लेखे, राणालाई आक्षेप र आरोप लगाउँदै । उनले फेसबुकमा लेखेको स्टाटसमा 'मेरो पैसा खोइ'को सबै अधिकार आफ्नो पक्षमा रहेको दाबी छ । तर यो विषयमा रोजसँग बुझ्दा कुरा अर्कै पाईयो ।


विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज समेत डिलेट गरेर भारत पुगेको रोजले बताए । निर्माता र निर्देशकको दुइ पक्षित सहमतिमा जोडिएका फिल्मका कास्ट एण्ड क्रियू मेम्बरमा समेत पछि बार्गेनिङ गर्दै विवेकले हटाउन लगाएको, भारतबाट जुही चावलादेखि राजपाल यादवसम्मलाई केमियोमा खेलाउँछु भनेर गफ मात्रै दिएको, पैसा समेत लगिसकेको र अन्त्यमा कोहिसँग सम्पर्क नभएको बुझिएको समेत राणाले बताए ।

'नेपालको उत्कृष्ट छायाँकारको सुचीमा पर्ने हरी लामादेखि प्रोडक्शनको टिमको मान्छे समेत हटाउन उहाँले आग्रह गर्नुभयो, राणाले भने, 'दुइ पक्षिय सहमतिमा छानिएका कलाकार मैले कसरी काम सुरु भएपछि हटाउन सक्छु, सबै आफ्नो आफ्नो ठाउँमा अब्बल छन्, अनि कुरा बाझिँदै गर्दा तपाईं नै हट्नुस भने, भारतसम्म पुग्ने टिकट पनि मैले नै काटेर पठाएको हुँ ।'

चलचित्र विकास वोर्डमा नेपालको लागी आफु नै निर्देशकमा रहेको र कम्पनि पनि यहाँको लागी आफ्नै व्यानरमा दर्ता भएकोले विवेकको कुनै अधिकार 'मेरो पैसा खोइ'मा नभएको राणाको दाबी छ ।

राणाको कुरा मान्दै गर्दा विवेकले आफ्नो पारिश्रमिक सहित कलाकारको समेत पारिश्रमिक जोड्दै ३० लाख भन्दा बढि आइसी लगिसकेका छन् । त्यसो त राणा निकट श्रोतको कुरा आधार मान्ने हो भने निर्देशकमा अनुबन्ध भएको केहि दिनदेखि नै दुबैबीच खटपटी चलेर एकसमय रोजले विवेकलाई टिममा नराख्ने सम्मको निर्णयमा पुगिसकेका थिए । तर केहि पछि कुरा मिलेको बताईन्छ ।

उता निर्मातादेखि कलाकारसम्मलाई स्कृप्ट नदिएको कारण निर्माता निर्देशकमा दुरी बढ्दैगर्दा रोजको रेदाशं सिने आर्ट्ससँगै फिल्मको लागी संयुक्त व्यानर बनाईएको विवेकको निजी प्रोडक्सन कम्पनि 'फिल्म जोन'को बारेमा मिडियामा ल्याउन रोजले आनाकानी गर्दा समेत आपसी मनमुटाव सुरु भएको समेत स्रोत बताउँछ ।

त्यसो त विवेकले काठमाडौंमा रहँदा पछिल्ला दिनमा निर्देशकमा अनुबन्ध भईसकेपछि सुरुवाती दिनमा बस्दै आएको होटलदेखि स्टार लेभलमा पुर्याईएको खानेकुरासम्ममा बार्गेनिङ गर्न सुरु गरेको राणा निकट स्रोत बताउँछ ।

को हुन् विवेक शर्मा ?

वलिउडमा महेश भट्टसँग सहायक निर्देशक हुँदै काम सुरु गरेका विवेक वलिउडको 'क्रिमिनल' नामको फिल्मबाट मुख्य सहायक निर्देशनमा आएका थिए । त्यसपछि केहि फिल्ममा एशोसियट निर्देशक बनेर काम गरेका उनले डेब्यू निर्देशनमा होमिँदा अमिताभ बच्चन स्टारर भारतको हिट अनि चर्चित फिल्म 'भुतनाथ' गरेका थिए ।


वलिउडमा २५ बढि फिल्ममा काम गरिसकेपनि उनले 'भुतनाथ' जस्तो फिल्म गरेपछि ठुला ब्यानरको काम पाएनन् । झड्कालु स्वभावका उनि धेरै मुडी र जिद्धी छन्, भनिन्छ ।

त्यसो त यहि स्वभावका कारण विवेकले फिल्म खिच्दा खिच्दै 'कल किसने देखा'को सेटमा विवाद चलेपछि बासु भग्नानीको हातबाट झापड खाएको वलिउडमा चर्चा चलेको थियो ।

उनको यस्तै स्वभावले गर्दा वलिउडमा विश्वास गुमेको बताईन्छ । त्यसपश्चात नेपाली फिल्म निर्देशनमा आउँदा पनि उनलाई दुबईमा रहँदै आएका एक जनाले अफर गरेर रोजसँग मिलाउने चाँजोपाँजो मिलाएको श्रोत बताउँछ । तर सिधा रुपमा भने उनि गायक आमिर सेखको सम्पर्कबाट रोजसम्म आईपुगेका थिए ।

   यसैबीच, निर्देशकलाई छायाँकनको बीचबाटै बिदा गर्न परेपछि 'मेरो पैसा खोइ'को निर्देशन रोजले नै सुरु गरेका छन् । पछिल्लो साउनमा रिलिज 'जय पर्शुराम'बाट निर्देशनमा हात हालेका रोजले अब यो प्रोजेक्ट पनि आफैले सुरु गरेका छन् ।

बुधबारबाटै उहि कास्ट एण्ड क्रियूको साथमा फिल्मको काम सुरुदेखि नै आफैले सुरु गरेको रोजले फिल्मीखबरसँग बताए ।