निर्देशक निश्चल बस्नेतको स्वर समावेश 'लप्पन छप्पन' फिल्मको पार्टी गीत रिलिज भएको छ । दीपक आरजेको शब्त तथा संगीत समावेश रक पप टाईपको गीत युवापुस्ता लक्षित छ ।
क्लब र बार धाउँदैमा प्रेम नरहने भन्ने आशय गीतले बोल्छ । 'लैजा माया पोको पारेर' बोलको गीतमा संगीत संयोजन भने अधिराज थापाले गरेका छन् । प्रकाश मिश्रको मिक्सिङ छ ।
मुकुन्द भट्ट निर्देशित फिल्ममा दयाहाङ रआई, सौगात मल्ल, अर्पण थापा, बर्षा शोवाकोटी लगायत लिड अभिनयमा छन् । फिल्म चैत्र ११ मा रिलिज हुँदैछ ।