मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेक फेसबुकले तनाबमा निखिल, साईबर क्राईममा उजुरीको तयारी

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/02/21

भनिन्छ, २१ औं शताब्दी भनेकै प्रविधिको जमाना हो । यो समयमा जो कोहि पनि सुचना प्रविधीबाट अछुतो छैन् त्यो मा पनि पछिल्लो समय विकसित सामाजिक सञ्जालको प्रभावबाट विरलै मान्छे मात्र टाढा होलान् ।

 


पछिल्लो समय नयाँ अनि पुराना, सबै पुस्ता फेसबुक, टुईटर, ईन्स्ट्राग्राम जस्ता सञ्जालमा सकृय छ । त्यसमा पनि सेलिब्रेटी अनि स्टारको उपमा पाएका पाएका कलाकारहरु त हर बखत अपडेट हुनपर्छ भनिन्छ धेरै हुन्छन् पनि  । तर अचम्म छ, नेपाली फिल्ममा एक्सन स्टण्डको सुरुवात गराएका अनि एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेती अहिलेसम्म फेसबुक, टुईटर अनि ईन्स्ट्राग्राम कतै पनि उपलब्ध छैनन् ।

निखिलसँग कुरा गर्दा उनले अहिले पनि सामाजिक सञ्जालमा नहुँदा पछुतो नलागेको दाबी गर्छन् तर छिट्टै आउने समेत बोल्छन् । आफु सोसियल नेटवर्कमा सकृय नहुँदा पनि निखिल भने उल्लेखित नेटवर्ककै कारण तनाबमा छन्, कारण हो, उनको नाममा बनेका फेक आईडीहरु ।

 


अहिले तपाई फेसबुक, टुईटर अनि ईन्स्ट्राग्राममा निखिल उप्रेती नाममा खोजी गर्नु भयो भने त्यहाँ उनको नाम अनि तश्विर जोडिएका सयौं अकाउण्ट अनि पेजहरु भेट्नसक्नु हुन्छ, तर ती कुनै पनि आईडी निखिलका होईनन् ।

पछिल्लो समय प्रेम दिवसको छेकोमा त उनको नामको आईडीबाट उनकै नराम्रो हुनेगरी पारिवारिक रुपमा नै बिखण्डन आउने अनि आफ्ना सम्झिएका फ्यानहरुनै भड्किने प्रकारका पोस्टहरु बाहिर आए । जसले उनको परिवारमा समेत हल्लीखल्ली मच्चायो ।

 


दुई श्रीमतीका पति निखिलले एकलाई च्यापेर अर्कोलाई वास्ता नगरेको, फ्यानको चासो र मागमा वास्ता नगरेको सम्मका पोस्टहरु बाहिरिए, जसले निखिललाई यो आयो र त्यो भन्ने प्रकारका फोनकल हरु उब्जायो, आफैलाई थाहा नभएका, आफुले भन्नै नभनेका अनि गर्दै नगरेकाकुरा र काम आफुले गरेको भन्ने प्रकारको आरोप लागेपछि 'पिंजडा ब्याक अगेन'को सेटमा रहेका निखिल रातभर निदाउन समेत सकेका छैनन् ।

पाल्पाबाट फिल्मीखबरसँगको टेलिफोन संवादमा निखिलले भावुक मुद्रामा भने, 'म जोडिँदै नजोडिएको, गर्दै नगरेको कामको आरोपले तनाब भयो, म नजोडिँदै गर्दा पनि मेरो पक्षमा रहेर सहि सुचना दिनुहुनेहरुमा गुनासो भन्दा पनि गलत प्रचारले दुखी छु ।'

 


'मेरो पक्षमा रहेर मेरो अपडेट दिनुहुने फ्यान तथा सुभचिन्तकहरुमा आभारी त छु नै, तर त्यो काम पनि अवैधानिक रुपमा नगरीदिनु हुन सबैमा बिनम्र अनुरोध छ', निखिलले भने । आफ्नो आफ्नो सक्कली परिचयले जे गर्नुहोस, गुनासो होईन तर मेरो नाम जोडेर मेरै नाममा आईडी बनाएर अबैधानिक बाटो प्रयोग नगर्न सबैमा सल्लाह दिन्छु, निखिलले भने, 'एक हप्ता भित्र मेरो नाममा बनाईएका आईडी र पेज बन्द गरिदिनु हुन अनुरोध छ त्यो नहुँदैगर्दा मैले प्रहरी प्रशासन (अपराध अनुसन्धान महाशाखा) पुगेर साईबर क्राईममा उजुरी दिन बाध्य हुनेछु ।'

निखिलले साईबर क्राईममा उजुरी हालेर सबै पेजहरु ब्लक गराउन लाग्ने भन्दै भोलीको दिनमा यो प्रकारको गलत काम नगरिदिनुहुन फ्यान तथा शुभचिन्तकहरुमा आग्रह गरेका छन् । उनले छिट्टै नै आफुले पनि सामाजिक सञ्जालमा उपस्थिती जनाउने समेत खुलाए ।

निखिलले आफ्ना सुभचिन्तकहरुमा भोलीका दिनमा आफुले खोल्ने अनि अफु व्याक्तिगत रुपमा अपडेट हुने पेजमा नै सबैजना जोडिने अबसर मिल्ने भन्दै यो प्रकारको निर्णयबाट दुखी बहुन समेत सुभचिन्तकहरुमा आग्रह गरेका छन् ।