Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

'लुट २' बुकिङ खुल्यो, मल्टिप्लेक्समा आक्रामक

फिल्मीखबर, काठमाडौं, 2017/02/21

बहु-प्रतिक्षित फिल्म 'लुट २' को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेज लाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो ।

 


फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २२ शो दिएको छ । जहाँ बुकिङ ओपन भएको केहि घण्टा मै सिभिल मल र लाविङ मलको अधिकांश शो को टिकट दर्शकले 'रिजर्भ' गरिसकेका छन् भने कुमारी र जयनेपाल हलमा प्रदान गरिएको शो मा पनि दर्शकले उत्तिकै जस्तो चासोका साथ आफ्नो टिकट सुरक्षित गर्न लागिपरिरहेका छन् ।

खुल्ला गरिएको केहि घण्टामै देखिएको आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । निश्चल बस्नेत निर्देशित फिल्मले पहिलो दिन नै १ करोड बढिको ओपनिङ गर्ने अनुमान लगाईएको छ ।

माधव वाग्लेको निर्माण रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सृजना सुब्बा, कर्मा शाक्य, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् ।

Most Visited News (monthly)