बहु-प्रतिक्षित फिल्म 'लुट २' को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेज लाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो ।
फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २२ शो दिएको छ । जहाँ बुकिङ ओपन भएको केहि घण्टा मै सिभिल मल र लाविङ मलको अधिकांश शो को टिकट दर्शकले 'रिजर्भ' गरिसकेका छन् भने कुमारी र जयनेपाल हलमा प्रदान गरिएको शो मा पनि दर्शकले उत्तिकै जस्तो चासोका साथ आफ्नो टिकट सुरक्षित गर्न लागिपरिरहेका छन् ।
खुल्ला गरिएको केहि घण्टामै देखिएको आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । निश्चल बस्नेत निर्देशित फिल्मले पहिलो दिन नै १ करोड बढिको ओपनिङ गर्ने अनुमान लगाईएको छ ।
माधव वाग्लेको निर्माण रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सृजना सुब्बा, कर्मा शाक्य, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् ।