मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

एक बर्षपछि बल्ल आर्यनको हातमा फिल्म !

फिल्मीखबर, काठमाडौं, 2017/02/21

गत बर्ष माघ २१ मा 'क्लासिक' फिल्म रिलिज पश्चात अभिनेता आर्यन सिग्देल पर्दामा आएका छैनन् । कुनै फिल्म नगरेर बरु विदेशका स्टेज कार्यक्रमतिर व्यस्त बनेका आर्यनको बारेमा फिल्म नपाएकोदेखि अरुको फिल्म नखेल्नेसम्मका अनेक गसिपहरु बने ।

 


अब भने आर्यन पर्दामा आउने पक्का जस्तै भएको छ । संभवत: 'पुनर्जन्म' निर्देशक सजन श्रेष्ठको 'एक्सन कट'मा बन्न लागेको फिल्म 'ईण्डलेस लभ'मा आर्यन लिड अभिनेता रहनेछन् ।

सजनको 'पुनर्जन्म'मा पनि आर्यन लिड अभिनयमा थिए । सजनले आर्यन सहितको एक तश्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, जहाँ आर्यनको हातमा 'स्कृप्ट' देख्न सकिन्छ ।

त्यसो त प्रेमकथामा बन्न लागेको उक्त फिल्मको एक गीतको लिरिकल भिडियो भ्यालेन्टाईनको छेकोमा रिलिज गरिसकिएको छ । श्रोतका अनुसार चैत्र महिनाबाट यो फिल्म फ्लोरमा जाने तयारी हुँदैछ । फिल्ममा अन्य कलाकार को रहने भन्ने खुलाईएको छैन् ।