वलिउडका स्टार अभिनेता शाहरुख खानको शाक खस्किँदो छ । एकसमय वलिउडका बादशाहको उपमा पाएका उनी पछिल्लो समय एकपछि अर्को गर्दै फिल्मको विजनेसमा पछाडी धकेलिँदैछन्, उनकै पुस्ताका सलमान खान र आमिर खानको अघि शाहरुख निरिह जस्तै बन्दैछन् ।
त्यसो त पछिल्लो पुस्तामा आएका रणविर सिंहदेखि शाहिद कपुर र बरुण धवनसम्मले शाहरुखलाई कडा टक्कर दिईरहँदा उनको आगामी भविष्यमाथी समेत प्रश्न उब्जाईन्छ । वलिउडमा धर्मराउँदो करियरसँगै शाहरुख बेला बखत रिफ्रेसमेन्ट मात्र खोज्ने गरेको चर्चा चल्छ ।
यो क्रममा अमेरिकाको एक टिभी शोमा शाहरुख देखिन लागेको भारतिय मिडियाले लेखेका छन् । शाहरुखलाई अमेरिकाका चर्चित साइन्स फिक्सन डिटेक्टिभ शो ‘डर्क जेन्ट्लीस होलिस्टिक डिटेक्टिभ एजेन्सी’ को दोस्रो सिजनमा गेस्ट’ बन्न निमन्त्रणा आएको बताईएको छ ।
बिबिसी अमेरिकाको यो टिभी सिरीयल डगलस एडम्सको उपन्यासमा आधारित हो । यसको प्रस्ताव पनि शाहरुखलाई अनौठो ढंगले आएको भनिन्छ ।

