मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको 'पलाँस' गीत गाउनेलाई एक लाख उपहार घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/02/21

चैत्र १८ गतेबाट रिलिज हुन लागेको फिल्म पलाँस'को एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा गायक सुगम पोखरेलको आवाज छ ।

 


सुवास कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । रेखाको भूमिकालाई अहिलेसम्म निर्माणपक्षले गोप्य राखेको छ ।

यसैविच, फिल्मको ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । फाल्गुण ९ गतेबाट चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिने र फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने बताईएको छ ।

प्राप्त कभर गीतमध्ये उत्कृष्ट ५ को चयन गरिने र यसपछि, निर्माण टिमले उल्लेखित प्रावधानमा रहेर विजेताको घोषणा गर्ने बताईएको छ ।  विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने पनि निर्माण पक्षले जनाएको छ ।