मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.60/5.00)
Text size:-
+
-

"लुट २' को अर्को रेकर्ड, युट्युवमा १ करोड बढि हेरियो 'ठमेल बजार'

फिल्मीखबर, काठमाडौं, 2017/02/20

बर्ष २०७३ को बहु प्रतिच्छित मानिएको फिल्म 'लुट २' यो हप्ता रिलिज हुँदैछ । यसअघि सार्वजनिक प्रचार सामग्रीबाट नै किर्तिमानीहरु बनाउँदै अघि बढेको फिल्मले रिलिजको छेकोमा अर्को किर्तिमानी थपेको छ । फिल्मको आईटम गीत 'ठमेल बजार'ले युट्युवमा १ करोड बढि पटक हेरिएको रेकर्ड बनाएको छ ।

गत अक्टुबर २१ तारिखमा युट्युवमा अपलोड भएको उक्त गीतले मंगलबार १ करोड बढि 'भ्युअर्स'को किर्तिमानी कायम गरेको हो । नेपालमा हालसम्म सर्वाधिक हेरिएका गीतमा 'ठमेल बजार' तीन नम्बरमा परेको छ । यसअघि 'वडा नम्बर ६' फिल्मको सुर्के थैली र 'छक्का पञ्जा'को पुर्व पश्चिम रेल गीतले पनि यो माईलस्टोन पार गरिसकेका छन् ।

त्यसो त फिल्म 'लुट २' ले नेपाली फिल्म उद्योगमा नै हालसम्मको सर्वाधिक ठुलो ओपनिङ विजनेसमा समेत रेकर्ड कायम गर्ने अनुमान लगाईएको छ । निश्चल बस्नेत निर्देशित फिल्म स्टारकास्टले भरिपुर्ण छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, कर्मा शाक्य, सुशिल पाण्डे लगायत लिड अभिनयमा छन् । यो शुक्रबार फिल्म रिलिज हुँदैछ ।

 

'ठमेल बजार' गीतमा संगीत तथा शब्द कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा बाँस्कोटालाई मीना निरौंलाले साथ दिएकी छिन् ।