मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

'कालेदाई'ले हाईप बढाउँदै गर्दा नम्रता र कोशिशको 'पर्व' सुटिङ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2017/02/20

४० दिनको छायाँकन पछि फिल्म 'पर्व'को सुटिङ प्याकअप भएको छ । निर्देशक दिनेश राउतले फिल्मका सबै दृश्य खिचि सकिएको फिल्मीखबरलाई बताए । तर एक गीतको केहि भाग भने छायाँकन बाँकी छ । संभवत उक्त गीत प्रमोशनल हुनसक्छ ।

चैत्र २५ लाई रिलिज मिति तय गरेर तिब्र गतिमा खिचिएको फिल्मको छायाँकन पनि सोहि रफ्तारमा सुरु भईसकेको छ । त्यसो त यसअघि रिलिज 'कालेदाई' बोलको गीतले समेत फिल्मको हाईप बढाउनमा मद्धत गरिरहेको छ ।

'रिलिज मिति एक महिना र केहि दिन मात्र बाँकी हुँदै गर्दा हामी जतिसक्तो छिटो पोस्ट प्रोडक्शनको काम अघि बढाईरहेका छौं', निर्देशक राउतले भने, 'हतार र छोटो समयका बाबजुत पनि स्तरिय फिल्म बनाउन कुनै कसुर बाँकी राखिएको छैन्, दर्शकले पुर्ण मनोरञ्जन 'पर्व'मा पाउनुहुनेछ ।'

 


सुवास ईन्टरटेन्मेन्ट र टिभीफिल्मीको संयुक्त ब्यानरमा बनेको फिल्ममा निर्माता सुवास गिरी हुन् । अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता तथा गायक कोशिश क्षेत्री फिल्ममा लिड अभिनयमा छन् ।