मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता तथा वितरक मानन्धरलाई पितृ शोक

फिल्मीखबर, काठमाडौं, 2017/02/19

फिल्म वितरक तथा निर्माता सुनिल मानन्धर पितृ शोकमा परेका छन् । मानन्धरका पीता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित मानन्धर पीता औषधीको सहारामा जीवन कटाउँदै थिए । अन्तत: उनले ८५ बर्षको उमेरमा यो संसारबाट बिदा लिएका हुन् ।

मानन्धृ परिवारमा परेको शोकमा यतिबेला सहानुभुती व्यक्त गर्न फिल्मकर्मीहरुको भीड लागेको छ । भने केहि बेरमा नै शवलाई ढल्को स्थित गुठि पुर्याउने तयारी भईरहेको त्यहाँ उपस्थित एक सिनेकर्मीले बताए । दिवंगत मानन्धरको अन्तिस संस्कार नेवारी परम्परा अनुसार गरिनेछ ।

फिल्मीखबर परिवारको तर्फबाट पनि दिवंगत आत्माप्रति चीर शान्तिको कामना, शोकपुर्ण परिवारमा धैर्य धारणको शक्ति भगवानबाट प्रदान होओस् ।