मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भाइरल बनेको गीत 'साइली'को पृष्ठभुमीमा रहेर फिल्म बनाउने घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/02/19

केहि दिन पहिले सार्वजनिक 'साइली' बोलको गीतले बजार पिट्यो । यतिबेला सामान्य चिया पसलदेखि तारे होटलसम्म यो गीतको चर्चा छ । कैयौं नेपालीहरुको पारिवारिक अनि सामाजिक पीडा बोलेको यो गीतले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पाईइरहेको छ । हप्ता दिनदेखि युट्युव ट्रेण्डिङमा नेपालमा एक नम्बर ओगटिरहेको छ ।

 


हेमन्त रानाको स्वरमा सज्जित यो गीतले मार्केट तताउँदै गर्दा दिनका दिन लोकप्रियता थपिँदै जाँदा अब भने उक्त गीतको पृष्ठभुमीलाईई समेट्दै फिल्म नै बन्ने भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो अफिसियल लञ्च गरियो अनि सोहि 'थिम'मा रहेर फिल्म बनाउने घोषणा पनि भयो ।
 


उक्त गीतको भिडियो निर्माण कम्पनि जीएच इन्टरटेनमेन्टको पनि औपचारिक सुरुवात गर्दैगर्दा गायक रानाले भाईईरल बनेको गीतका हिरो संगीतकार कालिप्रसाद बाँस्कोटा रहेको बोले । कम्पनिका सञ्चालन टिमका एक सदस्य अभिनेता तथा उक्त गीतका मोडल गौरव पहारीले 'साईंली'को थिममा रहेर फिल्म निर्माणको घोषणा गरेका हुन् । गीतको भिडियोमा परदेशिनुको पीडा बोलेको पात्रमा गौरव फिचरिङमा छन् भने उनकी पत्नि बनेर अभिनेत्री मेनका प्रधान देखिएकी छिन् ।

कार्यक्रममा बोल्दै गौरवले सुरुवातमा गीत तयार गर्दा नै फिल्म निर्माणको सोच राखेको र अब गीत हिट भएपछि फिल्मको काम पनि अगाडि बढ्ने बताएका हुन् । तर फिल्म कसले निर्देशन गर्ने र को-को कलाकार रहने भन्ने फाईनल छैन् ।