मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोश्रो हप्तामा 'डाइङ क्यान्डल', हमालदेखि दिपक दीपाले गरे तारिफ

फिल्मीखबर, काठमाडौं, 2017/02/18

गत हप्ता रिलिज फिल्म  'डाइङ क्यान्डल' प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । रिलिज पहिले सम्पन्न प्रिमियरदेखि रिलिज पश्चात हेर्ने दर्शक सबैको मन जितेको फिल्मलाई नेपाली मल्टिप्लेक्समा दर्शकले वाहि दिईरहेका छन् ।

 


नेपाली हिमाली समुदायको एक विपन्न परिवारको यथार्थ कथा पेश गरेको फिल्मलाई आम दर्शकदेखि सेलिब्रेटीसम्मले तारिफ गरे । केहि दिन पहिले मात्रै महानायक राजेश हमाल समेत हलमा पुगेर 'डाइङ क्याण्डल' हेरेका थिए । उत्कृष्ट कथा वस्तुमा उत्कृष्ट प्रस्तुतीले मन छोएको भन्दै हमालले फिल्म नहेरेका दर्शकलाई हलमा पुग्न भन्दै खास नेपाली स्वाद लिन आग्रह गरेका थिए ।

 


यस्तै निर्मात्री, निर्देशक तथा अभिनेत्री दिपाश्री निरौंला तथा अभिनेता दिपकराज गिरीले समेत फिल्म निकै मन परेको बोल्दै आम नेपालीलाई हेरिदिन सिफारिस गरेका छन् । आफ्नै गाउँको आफ्नै ठाउँको आफ्नै कथा फिल्मले बोलेको उनको तर्क छ । नरेशकुमार केसी निर्देशित फिल्ममा लगानी रविन आचार्यले गरेका छन् ।

सिनेमाटोग्राफर समेत रहेका निर्माता आचार्यले दोश्रो शनिबार पनि क्युएफएक्समा फिल्म हाउसफुल बनेको बताए । उनका अनुसार सिभिल मलमा दिवा शो मा दर्शकले हल भरिएको थियो भने उत्कृष्ट 'वर्ड अफ माउफ' पाएको फिल्मले सोहि प्रकारको साथ बिग सिनेमा तथा एफक्यूमा पनि पाएको छ ।

आचार्यले झन पछि झन राम्रो प्रतिक्रिया दर्शकबाट मिलेको र हलमा पनि चाप बढ्दै गएको भन्दै खुशी व्यक्त गरे । सौगात मल्ल, अर्पण थापा, सृजना सुब्बासँगै लाक्पासिंगी तामाङ लिड अभिनयमा छन् ।