मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

म्यान्मार र थाईल्याण्ड खिच्दै देश फर्कियो ‘प्रेमगीत २’, क्लाईमेक्स काठमाडौंमा खिचिने

फिल्मीखबर, काठमाडौं, 2017/02/17

म्यानमार र थाइल्यान्डको छायाँकन सकाएर 'प्रेमगीत २' टिम देश फर्केको छ । अधिकांश दृश्य क्यामेरा कैद गरिसकेको निर्माण टिमले क्लाईमेक्स भने अब काठमाडौंमा खिच्नेछ ।

 


सेट खडा गरेर क्लाईमेक्स खिचिने र यो छायांकन राजधानीमा पाँच दिन सम्म हुने निर्माण कम्पनिले बताएको छ । काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारा तालमा फिल्म खिचिसकिएको छ । २४ सदस्यीय टीम पूर्वी एसियाली दुई मुलुकमा छायांकनका लागि थाईल्याण्ड र बर्मा पुगेको थियो ।


रामशरण पाठक निर्देशित फिल्मका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदिप खड्का र अश्लेशा ठकुरी लिड अभिनयमा छन् ।