मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१ मिनेट लामो टिजरमा यस्तो छ निखिल र प्रियंकाको 'राधे' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/17
बैशाख १ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'राधे'को पहिलो भिडियो प्रचार सामग्री सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक फिल्मको १ मिनेट लामो टिजर ट्रेलरमा लिड अभिनेता निखिल उप्रेती, प्रियंका कार्कीसँगै अशिष्मा नकर्मी फिचरिङमा छन् । 
 
रिलिज मिति दिनका दिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई सुरु गरिसकेको छ । हप्ता पहिले सार्वजनिक गीतले पनि दर्शक श्रोतामाझ लोकप्रियता थप्दैछ । फिल्मलाई जगदिश्वर थापा निर्देशन गरेका हुन् । 
 
काठमाडौं तथा पाल्पामा खिचिएको फिल्म लभस्टोरी एक्शन जनरामा छ । सार्वजनिक टिजरमा पनि निखिलले खतरनाक एक्शन दृश्य दिएका छन् । 'राधे'का निर्माता सुशिल पोखरेल हुन् ।
 
 
हेर्नुहोस टिजरः