मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

सृष्टिले स्विकारिन् सौगातको प्रेम

फिल्मीखबर, काठमाडौं, 2017/02/16

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको कुरा पुराना भईसके । सौगातले मिडियामा बारबार सृष्टीसँग प्रेममा रहेको कुरा गर्दा यो विषयमा सृष्टिको भने तर्क बाहिर आएको थिएन् ।

अब भने सृष्टिले पनि मुख खोलेकी छिन् । सौगातको प्रेममा भुतुक्क भएकी सृष्टीले राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीको प्रश्नमा जवाफ फर्काईन्, 'एकले अर्कोलाई चिन्ने प्रयासमा नै छौं ।' प्रेमको कुरा घुमाउरो पाराले स्विकार गरेकी उनले भ्यालेन्टाईनमा पनि सौगातको 'विस' आउँदा खुशी लागेको बोलिन् ।

भर्स्टाईल अभिनेताको उपमा पाएका सौगात र पुर्व मिस नेपाल सलेत रहेकी 'गाजलु' डेब्यू अभिनेत्री सृष्टिबीच प्रेम चलिरहेको र फिल्म हलमा डेट गर्दैगर्दाको स्टोरी फिल्मीखबरले यसअघि नै प्रकाशित गरेको थियो भने फिल्मीखबरसँग नै पहिलो पटक सौगातले प्रेम र अफेयरको बारेमा मुख खोलेका थिए ।