मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसारकी सर्वाधिक मोटी महिला चाहन्छिन् सलमान खान

एजेन्सी, मुम्बई, 2017/02/16
माया प्रेम सबैमा हुन्छ । सबैले गर्छन् पनि । त्यो माथी सेलिब्रेटीहरुलाई माया दिने र उनिहरुको माया पाउनेहरुको जमात त यसैपनि संसारको जुनसुकै ठाउँमा उत्तिकै हुन्छ । 
 
 
 
यो बीचमा संसारकै सर्वाधिक मोटी महिला मानिएकी मिश्रकी इमान अहमद अब्दुलतीले वलिउड स्टार सलमान खानको प्रेम खोजेकी छिन् । सर्जरीको लागी हालै मुम्बई आएकी उनले सलमानलाई माया गर्दै आएको बोलेकी छिन् । 
 
वलिउडको बारेमा धेरै ज्ञान नभएपनि फिल्महरु हेर्दै आएको र तीन खानलाई नै नजिकबाट बुझ्दै आएको भन्दै उनले स्पेसल प्रेम सलमानसँग रहेको बोलेकी छिन् । ५ सय बढि किलोकी उनी बेडबाट चलबलाउन सक्दिनन् तर बेडमै बस्दा टिभी हेर्छिन् त्यसमा पनि सलमानको फिल्मका गीतमा मात्र उनले इन्जोए गर्छिन् कसैलाई च्यानल परिवर्तन नगर्न आग्रह गर्छिन्, वलिउड अनलाईनले लेखेका छन् ।   
 
उनको उपचारमा संलग्न डाक्टर मुफज्जलले  इमानलाई वलिउड अनि यसमा प्रयोग हुने हिन्दी भाषा समेत आउने भन्दै विशेषतः सलमान स्टारर फिल्म 'सुल्तान' र 'किक'को गीत 'जुम्मेकी रात' उनले सुन्न र हेर्न नछुटाएको बताएका छन् ।