वलिउड हलिउडमा प्रोडक्सन हाउस ब्राण्ड हुन्छ । फिल्म निर्माण कम्पनिले कथा अनि कलाकार तय गर्छ सोहि अनुसार टिम मिल्ने अनि संबन्धित कथामा संभावना देखेको निर्देशक 'हाएर' गरेर अनुबन्ध गरिन्छ ।

अब भने पहिलो पटक यो प्रकारको प्रयोग नेपालमा सुरु भएको छ । सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको रहकार्यमा निर्माण हुनेगरी सोमबार फिल्म 'रंगीन' घोषणा गरियो । निर्देशक बाहेक फिल्मसँग सम्बन्धित सबै क्रियू मेम्बर समेत सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच अफस्ट्रयाक लभस्टोरी बोल्ने फिल्म 'रंगीन' घोषणा भएको छ । उक्त फिल्ममा अभिनेत्री निशा अशिकारीले दुई अभिनेतासँग रोमान्स गर्नेछिन् । लिड अभिनेतामा नवराज श्रेष्ठ र बाबु भण्डारी तय भएका छन् । आकर्षक लुक्सका धनि बाबुले यो फिल्मबाट नै रजतपटमा डेब्यू गरण लागेका हुन् ।

किरण माईकलको कथामा बन्ने फिल्ममा पछि अनुबन्धन हुने निर्देशकले स्कृप्ट स्विकार नगर्दै गर्दा के हुन्छ भन्ने प्रश्नमा निर्माता सुवास थापाले टिम मिल्ने गरी आपसी सहमतीमा त्यो सबै मिलाउने भन्दै निर्देशकको राय सल्लाह मनन हुनेगरी कलाकार र स्कृप्टमाथी रहेर काम गर्ने बताए ।
निर्देशकको लागी तीन महिनाको अवधी राखिएको छ । उक्त समयमा ईच्छुक जो कोहिले पनि निर्माण टिमसँग सम्पर्क गर्नसक्ने बताईएको छ । नयाँ या पुराना कसलाई प्राथमिकता भन्ने प्रश्नमा निर्माण टिमले प्राथमिकता भन्ने शब्द प्रयोग नगर्न आग्रह गर्दै राम्रो काम गर्ने अनि स्कृप्टमा सक्षम निर्देशक 'रंगीन' एक्शन एक लाई फिट हुने बताएको छ ।
जेठबाट फ्लोरमा जाने फिल्ममा जादुगरको समेत उपमा पाएका हाँस्य कलाकार महादेव त्रिपाठी र अजय श्रेष्ठ फाईनल छन् भने संगीत ताराप्रकाश लिम्बुले भर्नेछन् । शिव बिकले कोरियोग्राफी गर्ने फिल्ममा लगानीमा साझेदारी विनोद कुमार सिंहले साझेदारी गर्दैछन् । विनोद र सुवास लामो समयदेखि अन्य व्यवसायमा एकसाथ रहँदै आएका छन् ।
वलिउडमा समेत छायाँकनको अनुभव संगालेका नरेन सिंहले फिल्म खिच्नेछन् ।

