मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

कोहिनुरपछि श्वेता दयाहाङकी कान्छी बन्न तयार !

फिल्मीखबर, काठमाडौं, 2017/02/14

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नि श्वेता खड्का पछिल्लो फिल्म 'कोहिनुर'पछि पर्दामा आएकी छैनन् । फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दैछिन्, उनका पछिल्ला विभिन्न गतिबिधीहरु यसै बोल्छन् ।

 


अब भने श्वेताले पर्दामा पुनरागमन गर्ने पक्का भइसकेको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने फिल्मको नाम तय भएको छ । 'कान्छी' नामको फिल्मले श्वेताको निर्माणमा बन्ने पक्का भएको हो ।

अर्को कुरा त 'कोहिनुर' निर्देशक आकाश अधिकारीले नै फिल्म निर्देशन गर्ने समेत फाईनल भएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । जेठबाट फिल्म फ्लोरमा जाने बताईएको छ । ३२ बर्ष पहिले पनि 'कान्छी' नाममा नेपाली फिल्म बनेको थियो ।