मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकको मन जित्दै 'दर्पण छायाँ २' ट्रेलर, सफलता माग्दै आमेरिकामा पूजा !

फिल्मीखबर, काठमाडौं, 2017/02/13

तुलसी घिमिरे निर्देशित रिलिजको संघारमा रहेको फिल्म 'दर्पण छायाँ २'को ट्रेलर केहि दिन पहिले रिलिज भयो । रिलिजसँगै ट्रेलरप्रति धेरै शुभचिन्तकहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरे । 'अवेटेड फिल्म' भनेर धेरैले लेखे । यो कुराले निर्माण टिम उत्साहित छ ।

 


युट्युवमा नेपाल ट्रेण्डिङमा 'टप फाईभ'मा पुगेको ट्रेलरलाई साढे दुई लाख बढि पटक हेरिसक्दा उता अमेरिकामा भने फिल्म सफलताको कामना गर्दै पूजा आजा गरिएको छ ।

फागुन २७ गतेदेखि प्रदर्शनमा आउने ‘दर्पण छायाँ २’ सफलताको लागि निर्माता साबु, रवि कार्की र अभिनेत्री साहाराले पूजाआजा गरेका छन् । अमेरिकाको कोलोराडो निवासमा साबु, रवि र साहाराले पण्डित पढाएर हवान पूजा गरेका हुन् । ‘भगवानसँग फिल्म सफल होस् भनेर प्रर्थना गर्यौं । भगवान र दर्शक दुवैले साथ दिनुुहन्छ भन्ने विश्वास लिएका छौं’ निर्मात्री साबुले भनिन् । रिलिजको केही साता अगाडी फिल्म प्रचारका लागि नेपाल आउने तयारी भैरहेको समेत उनले बताइन् ।

लिड अभिनेत्री साहारा अमेरिकामा नै बस्दै आएकी छिन् । यता साहारा सहपाठी अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा प्रसाईं पनि ट्रेलरमा मिलेको प्रतिक्रियाबाट उत्साहित छन् । फिल्मको गत महिना रििलिज गीतलाई पनि धेरैले मन पराएका छन् ।