मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्यालेन्टाईन छेकोमा 'यो साइनो मायाको' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/13
 
चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'यो साईनो मायाको' को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । 
 
 
 
नामले नै प्रेमभाव बोल्ने फिल्मको सार्वजनिक ट्रेलरलाई पुर्णतः प्रेममय बनाईएको छ भने हाँसो र रोदन पनि २ मिनेट लामो ट्रेलरमा समावेश छ । अरुणकुमार प्रधान निर्देशित फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई अघि बढाउँदै प्रचार सामग्री रिलिज गरेको हो । 
 
 
 
 फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायत लिड अभिनयमा छन् । कार्यक्रममा बोल्दै फिल्म निर्माता रामकुमार श्रेष्ठले माया गर्नेहरुको लागी 'यो साईनो मायाको' खास खुराक बन्नसक्ने बताए ।
 
बाबुराम नेपालीले खिचेको फिल्ममा कुन्दन थापा र विकेश के शंकरको संगीत छ ।  फिल्मलाई काठमाडौंमा सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएका छन् ।