मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नाजिरलाई राजा बनाइन् केकीले, भ्यालेन्टाइनमा साटियो प्रेम

फिल्मीखबर, काठमाडौं, 2017/02/12
सामाजिक कथा बोल्ने गरी फिल्म ‘राज्जा रानी’ निर्माण घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा शुभसाइत सहित फिल्मको कास्ट एन्ड क्रिउबारे जानकारी दिइयो ।  
 
 
 
कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र, रानी लेखिसकेका याम थापा यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । केकी अधिकारी, नाजिर हुसेन र कामेश्वर चौरासिया मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । 
 
 
 
‘राज्जा रानी प्रेम हो, यसलाई प्रेमकै रुपमा बुझ्नूस’ फिल्मबारे निर्देशक थापाले भने, ‘पश्चिम तराई र मधेशमा बोलिने शब्दावली र संवेदनामाथि फिल्म बनाउन लागेका हौं ।’
 
 
 
सानो भेगको जनजाति कथामाथि फिल्म बनाउन लागेको थापाले बताए । ‘रोमान्टिक जोडीको रुपमा हामी देखिँदैछौं’ नाजिरकै सामुन्ने केकीले भनिन्, ‘मेरो रानी पात्र गजबको छ, जसमाथि दर्शकले आफूलाई महसुस गर्न सक्छन् ।’
 
निर्माता रमेश एमके पौडेलले चलचित्र विकास बोर्डले लागु गर्न लागेको बक्सअफिस स्थापनामा सहकार्य गर्न आफ्नो कम्पनी डिस होम तथा सीम टिभी तयार रहेको बताए । ‘बक्सअफिसलाई चाहिने डाटा सफ्टवेयर हामीसँग छ र यसका लागि बोर्डसँग सहकार्य गर्न तयार छौं’ उनले भने, ‘यसले फिल्मलाई उद्योगको रुपमा विकास गर्नेछ ।’
 
ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन हुनेछ । फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय हुनेछ । 
 
फागुन ५ देखि नेपालगंजबाट फिल्मको छायाँकन सुरु हुने बताइएको छ । ३५ दिनमा फिल्म खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ ।