Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एक्सनले भरिपुर्ण 'निर्भय' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/12
निखिल उप्रेती स्टारर फिल्म 'निर्भय'को ट्रेलर रिलिज भएको छ । चैत्र ११ मा रिलिज हुन लागेको फिल्मको आइतबार ट्रेलर रिलिज गरिएको हो । 
 
 
 
सार्वजनिक ट्रेलर पुर्णतः एक्सनप्रधान छ । जहाँ राष्ट्रसेवक नेपाल प्रहरीको भूमिकामा देखिएका निखिलले केहि भिन्न र नेपाली फिल्ममा दुर्लभ लाग्ने प्रकारका एक्सन दृश्य दिएका छन् । ट्रेलरमा निखिलसँगै लिड अभिनेत्री नीता ढुङ्गाना, प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत फिचरिङमा छन् ।
 
२ मिनेट लामो ट्रेलरमा रिलिज भइनसकेको गीत 'मेरो हर सास'मा लाई पनि प्राथमिकता दिईएको छ । मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको फिल्ममा संगीत ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको छ ।
 
रामशरण उप्रेतीले खिचेको फिल्मलाइ यम थापाले लेखेका हुन् ।
Most Visited News (monthly)