मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकमाझ 'डाइङ क्याण्डल', प्रिमियरमा मिलेको थियो यस्तो प्रतिक्रिया

फिल्मीखबर, काठमाडौं, 2017/02/10

फ्राइडे रिलिज अन्तर्गत यो हप्ता नेपाली मल्टप्लेक्समा 'डाइङ क्याण्डल' प्रदर्शनमा आएको छ भने सिंगल स्कृनमा 'लेकसाइड' प्रदर्शन भएको छ ।

 


नरेशकुमार केसी निर्देशित 'डाइङ क्याण्डल'ले केहि दिन पहिले सम्पन्न प्रिमियरमा सुखद प्रतिक्रिया पाएको थियो । सौगात मल्ल, सृजना सुब्बा, अर्पण थापा, विधा कार्की र लाक्ला सिङ्जी तामाङ लिड अभिनयको फिल्म प्रिमियरमा हेर्नेहरु धेरैले तारिफ गरेका थिए ।

सामान्य विषयवस्तुमा विपन्न परिवारका दिदी भाइको कथालाइ उत्कृष्ट तरिकाले पर्दामा उतारेको फिल्मले यसअघि विदेशमा सम्पन्न विभिन्न अवार्ड समारोहमा समेत पुरस्कार तथा अवार्ड जितेको थियो । रविन आचार्य फिल्ममा निर्माता अनि छायाँकार छन् ।

उता राजु अधिकारी निर्देशित 'लेकसाइड'मा जीवन लुइंटेल र नीता ढुङ्गाना अभिनयमा छन् । कसजोर चर्चा र हल्लाका बीच प्रदर्शनमा आएको फिल्मले जीवनको ओराली लाग्दो फिल्मी करियरमा राहत दिनेमा शंका छ ।