Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लभ लभ लभ'को भ्यालेन्टाइन क्विजमा भाग्यमानी बने आकृति, अदिती र बिजेश

फिल्मीखबर, काठमाडौं, 2017/02/10

नयाँ बर्ष २०७४ को पहिलो दिन रिलिज हुन लागेको फिल्म 'लभ लभ लभ' ले प्रेम गर्नेहरुको लागी सुनौलो मानिने भ्यालेन्टाइन पर्वको अबसरमा आयोजना गरेको 'गेस आयण्ड विन' प्रतिस्पर्धाबाट विजेता घोषणा गरिएको छ ।

 


फिल्मको प्रचारसँगै माया जोडीहरुको लागी फिल्मका लिड कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का सहितको 'जिआइएफ' भिडियो बनाएर फेसबुकमा पोस्ट गरिएको थियो, जुन प्रतिस्पर्धामा भाग लिन चाहनेहरुको लागी सुरज र स्वस्तिमा आउनेगरी स्कृन सट लिएर कमेन्टमा 'लभ लभ लभ' लेखेर पोस्ट गर्न लगाइएको थियो ।

 


उक्त प्रतिस्पर्धामा सहभागी सयौं मध्येबाट तीन जना आकृति भट्टराई, अदिती रेग्मी र विजेश गुरुङ भाग्यशाली विजेता घोषित भएका छन् । तीनै जनालाइ निर्माण कम्पनि सुरज सिने आर्ट्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आकर्षक गिफ्ट ह्याम्पर सहित पुरस्कार प्रदान गरियो ।

फिल्मकी निर्मात्री शर्मिला पाण्डेले तीनै जनालाइ पुरस्कार प्रदान गरिन् । प्रेमकथा बोल्ने फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् । दिपेन्द्र के खनाल निर्देशित फिल्मलाइ निरज कंडेलले खिचेका छन् । 'लभ लभ लभ'को प्रोडक्शन डिजाईनर नगेन्द्र घिमिरे छन् ।

Most Visited News (monthly)