Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रोमान्टिक प्रेमकथामा 'मधुमालती' घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/02/09
तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने गरी फिल्म 'मधुमालती' घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा बोल्ने फिल्म निर्माणको घोषणा गरिएको हो ।
 
 
 
फागुन १५ बाट फ्लोरमा जाने भनिएको फिल्मलाइ शिशिर चालिसेले निर्देशन गर्दैछन् । निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसँग सहाएक निर्देशकको रुपमा काम गरिसकेका छन् । 
 
 
 
फिल्मको कथा पनि चालिसेकै हो । कार्यक्रममा बोल्दै उनले अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिँदै उत्कृष्ट फिल्म बनाउने प्रयास आफ्नो रहने बोले । 
 
शंकर कार्की निर्माता रहेको फिल्मलाइ नवराज उप्रेतीले खिच्दैछन् । रुपा राना, केशव भट्टराइ, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको लिड अभिनय रहने फिल्ममा संगीत  दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ ।
 
१ करोड बजेटमा निर्माण हुने भनिएको फिल्मलाइ काठमाडौं, ईलाम र हेलम्बुमा खिचिने बताइएको छ । फिल्म साहित्यकार रमेश विकलको उपन्यास 'मधुमालतीको कथा'मा आधारित नभएको समेत निर्माण टिमले स्पष्ट पारेको छ ।
Most Visited News (monthly)