मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशासँग प्रेममा आयुष, पुनरागमनमा दर्शकको साथ कति ?

फिल्मीखबर, काठमाडौं, 2017/02/09
 
नेपाली फिल्मलाइ नजिकबाट चिन्नेहरुको लागी आयुष रिजाल नयाँ नाम होइन् । छबिराज ओझाको ब्यानरबाट नेपाली रजतपटमा डेब्यू गरेका आयुष एक समय चल्तीको नाम थियो । तर पछिल्ला केहि बर्षयता उनि एकाएक हराए पर्दामा भेटिएनन् । 
 
 
 
उनै आयुषको पुनरागमनको रुपमा लिइएको फिल्म 'मेरो देश' भने प्रजातन्त्र दिवसको छेकोमा आउँदो फागुन ६ मा रिलिज हुँदैछ । पत्रकारको भुमिकामा रहेका आयुषले उक्त फिल्म भित्र अभिनेत्री नीशा अधिकारीसँग अनस्कृन रोमान्स गरेका छन्, माया साटेका छन् । केहि दिन पहिले आयोजित पत्रकार भेटघाटमा पनि नीशा र आयुषको मित्रता प्रष्ट झल्कियो । 
 
तर बिस्तारै पुराना भन्ने ट्याग लाग्दै गएका अभिनेताहरुमा निखिल उप्रेती बाहेक धेरैलाइ दर्शकले नपत्याएको अवस्थामा आयुष स्टारर 'मेरो देश'ले व्यापारिक सफलता पाउँछ पाउँदैन् गर्वमा छ । नेपाली फिल्मसँगै भोजपुरीमा पनि काम गरिसकेका अनुभवी अभिनेता आयुषले देशप्रेम बोल्ने फिल्मबाट दर्शकलाइ कतिसम्म न्याय गर्नसक्छन् त्यसमा उनको सफलता, असफलता जोडिनसक्छ । 
 
यो फिल्ममा प्रज्वल गिरी र ध्रुब कोईराला पनि लिड अभिनयमा छन् । देव नेपाल फिल्ममा निर्देशक छन् ।