मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पाँच तश्विरमा हेर्नुहोस निखिल र नीताको भयरहित प्रेम (फोटोफिचर)

फिल्मीखबर, काठमाडौं, 2017/02/08
फिल्म 'निर्भय' आउँदो चैत्र ११ मा अल नेपाल रिलिज हुँदैछ । भनिन्छ, माया प्रेमबाट कोहि पनि अछुतो रहँदैन् । त्यसैले त एक्शन स्टारको उपमा पाएका निखिल हरेकजसो फिल्ममा कतै मायाको लागी फाइट गर्छन् त कतै राष्ट्रियताको पक्षमा । 
 
 
 
निर्भयमा निखिल नेपाल प्रहरीको डिएसपीको भुमिकामा छन् । जहाँ उनि राष्ट्रियताको पक्षमा लड्दा लड्दै मायामा जोडिन्छन्, अभिनेत्री नीता ढुङ्गानाबीच । फिल्मभित्र निखिल र नीताको कस्तो प्रेम छ त यहाँ प्रस्तुत तश्विरहरु आफै बोलेका छन् । 
 
 
 
मधुसुदन भट्टराई निर्देशित फिल्ममा निखिल र नीतासँगै सुशिल पोखरेल, प्रदिप ढकाल, विकास चापागाईं, रामचन्द्र अधिकारी, प्रकाश न्यौपाने, रश्मी भट्ट लगायत लिड अभिनयमा छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचारलाइ व्यापकता दिँदै अघि बढ्दैछ । फागुन १ मा ट्रेलर रिलिजको मिति तय गरेको फिल्ममा निर्माता देविप्रसाद पाण्डे हुन् ।
 
 
 
नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको अनि भोगिरहेको कथालाई 'निर्भय'ले उठान गरेको निर्देशक भट्टराईले बताउँछन् । ताराप्रकाश लिम्ब र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा नृत्य रामजी लामिछानेको कोरियोग्राफी छ भने प्रोडक्शन डिजाईनरमा सुवास काफ्ले छन् । फिल्ममा द्वन्द्व हिमाल केसीको छ ।