मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

आर्यनसँग जोडी बाँध्दै रेखा

फिल्मीखबर, काठमाडौं, 2017/02/08
सबिर श्रेष्ठले नायिका रेखा थापा र नायक आर्यन अधिकारीलाई लिएर फिल्म को ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । लभ स्टोरी फिल्ममा रेखा र आर्यनको मुख्य भूमिका रहनेछ । फिल्मको छायाँकन आउँदो बैशाखदेखि सुरु हुने निर्देशक तथा निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।
 
काईट्स् ईन्टटेन्मेण्टको ब्यानरमा रामहरी धितालसँगको सहकार्यमा सविरले ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यसअघि पनि सविरले धितासँग मिलेर ‘तथास्तु’ बनाएका थिए । 
 
जसमा रेखा नै शिर्ष भूमिकामा थिइन् । यतिबेला फिल्मको प्रि प्रोडक्सनको कार्य चलि रहेको छ । फिल्ममा दिनेश सुनामको संगीत, किरण खरेलको शब्द रहने छ ।
 
रेखा हाल होमप्रोडक्सनको फिल्म ‘रुद्रप्रिया’ प्रि प्रोडक्सनमा व्यस्त छिन् भने आर्यन ‘बटरफ्लाई’ को सुटिङमा व्यस्त छन् ।  उल्लेखित फिल्मको लेखन पनि निर्देशक सविरकै हो ।